
काठमाडौँ । भारत र नेपालको सीमा विवादबारे चीनले आफूमाथि लगाइएको आरोपको जवाफ मंगलबार दिएको छ । चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजियानले परिस्थितिलाई जटिल बनाउने गरी नेपाल र भारतले एकपक्षीय काम गर्न नहुने भनाइ राखेका छन् ।
केही समय अगाडि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले लिपुलेकको विषयमा नेपालले ‘कसैको इसारामा’ विरोध गरिरहेको विचार राखेका थिए । यसको जवाफमा चीनले कालापानी सीमा समस्या भारत र नेपालको बीच भएको बताउँदै दुई छिमेकीले मैत्री परामर्शका माध्यमबाट विवादहरुलाई उचित समाधान गर्ने आशा राखेको जनाएको छ।
भर्खरै मात्र नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितका भूभाग समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस