aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

ट्रम्पले कोरोनाबाट जोगिन यसकारण मलेरियाको औषधि खान शुरु गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
ट्रम्पले कोरोनाबाट जोगिन यसकारण मलेरियाको औषधि खान शुरु गरे

अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा कार्यरत दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएपछि त्यसबाट बच्न आफूले मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वाइन खान थालेको बताएका छन्। सोमबार कोरोना भाइरसबाट बच्न आफूल मलेरिया र लुपसविरुद्धको औषधि खाएको खुलासा गरेका उनले मंगलबार मन्त्रिपरिषद् बैठकमा यसको विस्तृत कुरा खुलाएका हुन्।

आफूले त्यस्तो औषधि खानुको कारण खुलाउँदै ट्रम्पले भने, ‘मेरा नजिकका एक जना व्यक्ति, जो अत्यन्त स्वस्थ थिए, तर उनलाई समेत कोरोना पोजिटिभ देखियो।’

यस्तै आफ्ना उपराष्ट्रपतिसँग नजिक भएर आफूले धेरै काम गरेको उल्लेख गर्दै उनका पनि नजिकका मानिसलाई कोरोना पोजिटिभ देखिएपछि आफूलाई पनि कोरोना हुन सक्छ भन्ने शंका लागेको ट्रम्पले बताए। तर यस्ता औषधिले कोरोना रोक्ने कुरा त अहिलेसम्म कुनै अनुसन्धानले पुष्टि गरेको छैन नै, बरु उल्टै यसरी जथाभावी औषधि खानु घातक हुन सक्ने चेतावनी चिकित्सकले दिइरहेका छन्।

यसैबीच उनले ब्राजिलमा यात्रा प्रतिबन्ध लगाउने विचार गरिरहेको पनि बताएका छन्। अहिले ब्राजिल विश्वमा सबैभन्दा बढी कोरोना संक्रमति देखिने तेस्रो देश बनेको छ। उनले भने, ‘म चाहन्नँ कि त्यहाँबाट मानिस यहाँ आउन् र हाम्रा नागरिकलाई संक्रमण सरोस्।’

ब्राजिल अहिले समस्या रहेको उल्लेख गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरूले भेन्टिलेटर उपलब्ध गराएर सहयोग गरिरहेको जानकारी पनि दिए। बीबीसी

प्रतिक्रिया दिनुहोस