aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

दुई प्रहरीमा कोरोना देखिएपछि कालिमाटी वृत्त सील

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
दुई प्रहरीमा कोरोना देखिएपछि कालिमाटी वृत्त सील

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएपछि प्रहरीले वृत सील गरेको छ ।

२ दिनअघि कोरोना परीक्षणका लागि दिएका प्रहरीको स्वाबमा २ जनामा कोरोना पोजिटिभ देखिएपछि कालीमाटी वृत सील गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै ब्यारेकमा नै बस्थे ।

उनीहरुसँगै अन्य ९१ प्रहरी ब्यारेकामा नै बस्ने गरेको बताइएको छ । ती सबैलाई क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी परीक्षण गरिने तयारी भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

साथै प्रहरीका परिवारलाई पनि क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी कोरोना परीक्षण गरिने बताइएको छ । संक्रमित दुवै प्रहरी लकडाउनको समयमा फिल्ड मा नै खटेर ड्युटी गरिरहेका थिए ।

यसअघि बारा र कपिलवस्तुमा नेपाल प्रहरीका ३ जनामा कोरोना देखिएको थियो । आज थप २ जनाका कोरोना देखिएसँगै प्रहरीका ५ जना कोरोना संक्रमित भएका छन ।

प्रतिक्रिया दिनुहोस