
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताललाई कोरोना टेष्टका लागि खुला गरेपनि शुल्क भने अझै निर्धारण नभएको जनाएको छ । बुधबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न सञ्चारमाध्यमा आएका समाचारप्रति खेद जनाएका छन ।
उक्त नीतिगत निर्णय सम्बन्धी भ्रामक समाचारहरु आएरहेकाले संक्रमितको शंका लागेकाहरुलाई सहज बनाउनका लागि शुल्क मन्त्रालयले नै तोक्ने उनले बताए । सरकारले तोकेको बमोजिमको मापदण्ड भएका अस्पतालले मात्र उक्त परिक्षण गर्न पाउन व्यबस्था गरिने उनले जानकारी दिए ।
मन्त्रालयले सम्भावित संक्रमितहरुको दायरा फराकिलो बनाउनका लागि विदेश वा स्वदेशी नागरिकले स्वईच्छाले कोरोना परिक्षण गराउन चाहनेका लागि सरकारले सहज बनाइदिएको उनले बताए ।
उनले भने, 'सरकारले परिक्षण गरिहेको सरकारले गरिरहेका टेष्ट प्रक्रियामा आउनलाई अप्ठ्यारो महशुस गर्नेहरुले उक्त टेष्ट गराउन सक्नुहुन्छ । लामो लाइनमा बस्न नचाहनेहरुले आफैले आफ्नो गोपनियतालाई मध्यनगर गर्दै र सरकारले तोकेका स्वास्थ्य सस्थामा आफ्नो परिक्षण गराउन चाहनेहरुले यो प्रक्रियामा भाग लिन सक्नुहुनेछ ।'
प्रतिक्रिया दिनुहोस