aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

प्रदेश १ मा आज थप सात जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
प्रदेश १ मा आज थप सात जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आज थप ७ जनामा कोभिड—१९ पुष्टि भएको हो । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ पुष्टि भएको हो । २६ जना कोभिड—१९ पुष्टि भएका संक्रमितहरु निको भएर घर फर्किनु भएको छ । 

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार बुधबारसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ ।  आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ । 
 

प्रतिक्रिया दिनुहोस