aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

यसरी गरौँ विपदमा व्यक्तिगत व्यवस्थापन

  • सुर्दशन गोदार
    सुर्दशन गोदार
  • विहीबार, ०८ जेठ २०७७
यसरी गरौँ विपदमा व्यक्तिगत व्यवस्थापन

सामान्य भाषामा व्यवस्थापन भनेको आफूसँग रहेको सीमित साधन र स्रोतलाई परिचालन गरेर त्यसबाट अत्यधिक फाइदा लिने कार्य हो । जीवनका हरेक क्षेत्रमा व्यवस्थापनको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । कुशल व्यवस्थापकले मात्र चुनैतीसंग खरो रूपमा सामना गर्न सक्दछ । कुशल ब्यावस्थापनका अनेक सूत्रहरू छन् तर सबैभन्दा महत्वपूर्ण सूत्र समय सन्दर्भ र परिस्थिति हो ।

हाल विश्व कोरोनाको महामारी रहेको छ । यो एउटा विश्व युद्धभन्दा पनि विषम परिस्थिति हो किनकि यो युद्धमा एक पक्ष संम्पुण मानव समुदाय हो भने अर्को अदृश्य तागत जसको कुनै स्वरूप नै छैन । यस अवस्थामा हाम्रो भूमिका आफूसँग रहेको सीमित साधन र स्रोतबाट व्यवस्थापन गरी जीवित रहने भन्ने हो । त्यसैले हामी सबैले आ(आफ्नो परिस्थिति अनुसार आफ्नो प्राथमिकताको आधारमा आफूलाई तयार गर्नु पर्दछ ।

दैनिक व्यवस्थापन

हामीले बिपतको समयमा आफ्नो दैनिकीलाई परिवर्तन गर्नुपर्ने हुन्छ । हामीले बिहान सबेरै उठ्ने, योग गर्ने , ध्यान गर्ने, भगवानको पूजा आराधना गर्ने लगायत काम गर्नुपर्छ । तनाव व्यवस्थापन गर्ने अनेकन् विधिको उपयोग गरी सकेसम्म आफूलाई चनाखो र स्वास्थ्य राख्ने र म मा कुनै पनि तनाव छैन म स्वस्थ भन्ने कल्पना गर्नु पर्छ ।

विभिन्न प्रकारका सङ्क्रमण फैलिएको समाचार पढेका कारण कतै म आफै त सङ्क्रमणमा परेको छैन भन्ने नकारात्मक भाव हामीमा उत्पन्न भइरहेको हुन्छ । यस्तै  विभिन्न रोगका विभिन्न लक्षण बारेमा हामी जानकार हुन्छौं त्यसमध्ये कुनै एउटा रोगको लक्षण आफूमा मिल्न सक्छ । त्यतिको आधारमा नै हामीले आफू रोगी भएको कल्पना गर्दा हामी शारीरिक भन्दा मानसिक रूपमा बिरामी हुन्छौँ । जसले गर्दा सक्रमित हुने सम्भावना बलियो हुन्छ ।

यस बाहेक खानपानमा ध्यान दिनु पर्छ । सकेसम्म सामान्य नुन, चिल्लो पिरो कम खाने गर्नु पर्छ । धुम्रपान मद्यपान आदि त्याग्नु पर्दछ । हामीले गर्ने अन्य दैनिक क्रियाकलापलाई सकेसम्म कम जोखिमपूर्ण बनाउनु पर्दछ । शारीरिक र मानसिक तनाव नबढोस् भनेर ध्यान दिनुपर्छ । यस्तै रातीको समय पनि अबेलासम्म नबस्ने गर्नु पर्छ । समयमा खाना खाने गर्नु पर्दछ । रातको समयमा पनि सकारात्मक सोच गर्ने, धूप बत्ती बाल्ने, सुत्नु अगाडी योग ध्यान आसन गर्ने गरेमा सकारात्मक सोचको विकास हुन्छ । समयमै निद्रा पर्दछ । यदि समयमा निद्रा नपरेमा आँखा चिम्लेर लामो सास तान्दै फल्ने प्रक्रिया गरेमा छिट्टै निद्रा पर्दछ ।

आर्थिक व्यवस्थापन

बिपतको समयमा आर्थिक व्यवस्थापन एउटा महत्त्वपूर्ण कुरा हो । यस्तो समयमा आफूसँग भएको नगदबाट अधिकतम उपयोग गर्नु पर्दछ । यस बेला अन्य स्रोतबाट रुपैयाँ पैसा पाउन गाह्रो हुन्छ त्यसैले आफ्नो नगदलाई उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसको लागि सर्वप्रथम आफ्नो आवस्यक्ताहरुलाई नछुटाईकन प्राथमिकता साथ टिपोट गर्नु पर्दछ । यस प्रकारका आवश्यकता घरका सम्पूर्ण परिवार वा त्यसका उपभोक्ता सदस्यहरूसँग बसी दोहोर्‍याएर आवश्यकताको प्रथमिकिकरण गर्नु पर्नै हुन्छ ।

अन्त्यमा

बिपतको समय कति रहन्छ भन्ने कसैले निर्धारण गर्न सक्दैन । त्यसैले यस अवस्थामा आफूलाई नियमित स्वस्थ राख्न सक्नु नै महत्त्वपूर्ण उपलब्धि हो । नियमित अ‍ैषधि सेवन गर्नैहरुले पर्याप्त रूपमा औषधिको सञ्चित गर्नुपर्ने हुन्छ । यस्तै दिर्धरोगीको लागी घरायसी व्यवस्थापन नियमितभन्दा राम्रो हुनु पर्दछ । उनीहरूको लागी घरमा गर्न सकिने सामान्य ज्वरो, पखाला आदिको  उपचार घरमा नै गर्दा राम्रो हुन्छ ।

अस्पतालहरूमा यस समयमा नियमित उपचार पाउन समस्या हुन्छ । अन्य बिरामीसँगको सम्शर्गपनी हानिकारक  हुन्छ । यस प्रकारको समयमा हरेका मानिसको आ(आफ्नै समस्या हुन्छ । बिपतको समयमा सबैले आफ्नो व्यवस्थापन आफै गर्नु पर्ने हुन्छ । बिपतको न कुनै धर्म हुन्छ नत जात र सिमा । यो केबल एउटा अध्यरो तुफान हो जसबाट हुने क्षतिलाई हामी हाम्रो जीवनको सकारात्मक व्यवस्थापनबाट कम गर्न सक्छौँ । लेखकः ग्रामिण विकास लघुवित्त विकास बैक, शाखा कार्यलय दुलेगैडा प्रमुख  हुन ) 

प्रतिक्रिया दिनुहोस