नयाँ दिल्ली । दुलही विवाहको दिनमा बिरामी परेकी थिइन र कोरोनाको संक्रमणको पनि डर थियो। विवाहको तीन दिन अघि, ती केटीले कोरोना टेस्ट गराएकी पनि थिइन । विवाह पछि उनी आफ्ना घर आईन्। दुई दिनपछि दुलहीको रिपोर्ट पोजेटिभ आएपछि, त्यहाँ खैलाबैला मच्चियो र उनलाई तत्कालै अस्पताल लगियो।
भारतको मध्यप्रदेशको रायसेन जिल्लाको मन्डीदीप सतलापुरमा नवविवाहितको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । भोपाल शहरको जटखेरी निवासी ती युवतीको भर्खरै मे १८ मा सतनापुर निवासीसँग विवाह भएको थियो।
विवाहअघि दुलहीको पनि कोरोना टेस्ट गरिएको थियो। विवाह भएको दुई दिनपछि दुलहीको परिक्षण गर्दा उनलाई भने कोरोना पोजेटिभ आएपछि अस्पताल लगिएकाृ छ ।
रिपोर्ट पोजेटिभ आएपछि नवविवाहित जोडी भोपाल एम्समा पठाइएको छ। एकै साथ, उनका परिवार अलग्गै होम क्वारेनटाइनमा राखिएको छ । नवविवाहित जोडीमा कोरोना देखिएसँगै मंडीपमा कोरोना पोजिटभका पाचवटा केश पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस