aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

अमेरिकी वैज्ञानिक भन्छन: कोरोना भाइरसको खोपमा विश्वास छैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
अमेरिकी वैज्ञानिक भन्छन: कोरोना भाइरसको खोपमा विश्वास छैन

एजेन्सी । क्यान्सर, एचआईभी भाइरसका अनुसन्धानकर्ता तथा मानव जिन सम्बन्धी परियोजनामा काम गरिसकेका अमेरिकी वैज्ञानिकले कोरोना भाइरसको खोप तत्काल सम्भव नभएको बताएका छन् ।  अमेरिकी वैज्ञानिक विलियम हेसलटाइनलाई कोरोना भाइरस खोपबारे सोधिएको एक  प्रश्नमा उनले भने, “मलाई कोरोना भाइरस खोपको बारेमा विश्वस्त छैन।“

कोरोना भाइरस रोकथामको एक उत्तम उपाय भनेको संक्रमित बिरामीहरूलाई होसियारीपूर्वक पहिचान गर्नु र संक्रमण भएमा कडा आइसोलेसनमा राख्नु नै भएको बताएका छन् । हेसलजलइनले भने, 'यो खोप जो अन्य प्रकारका कोरोना भाइरसको लागि पहिले तयार गरिएको थियो, नाकको म्युकस मेम्ब्रेनको संक्रमणबाट बचाउन असफल भयो ।'

हेसलटाइनका अनुसार कोरोना भाइरसको प्रभावकारी उपचार वा खोप बिना नियन्त्रण गर्न सकिन्छ, यसका लागि संक्रमितको पहिचान गर्नु र संक्रमित मानिसहरूलाई अन्य मानिसहरुबाट टाढा राख्नु महत्वपूर्ण हुन्छ । उनले मानिसहरूलाई हात धुने, मास्क लगाउने र दूरी कायम राख्न आग्रह गरे । 

हेसलटाइनले भने, 'चीन र अन्य धेरै एशियाली देशहरूले यो रणनीति एकदम प्रभावकारी रूपमा अपनाए, जबकि अमेरिकालगायत अन्य धेरै देशहरू संक्रमित मानिसहरूलाई आइसोलेसनमा राख्न नसक्दा ठूलो क्षेति भयो ।' 

हेसलटाइनका अनुसार चीन, दक्षिण कोरिया र ताइवानले कोरोना भाइरस संक्रमणको दरलाई कम गर्न ठूलो भूमिका खेलेका छन् । तर, अमेरिका, रसिया र ब्राजिलले कोरोना भाइरस रोकथाममा सबैभन्दा खराब काम गरेको उनको आरोप छ । 

उनले भने, 'जनावरहरूमा प्रयोग हुने कोभिड १९ खोपले फोक्सो जस्ता अंगहरूमा भाइरल संक्रमण त  कम गर्न सक्छ तर संक्रमण भने शरीरमा रहिरहन्छ । अहिले विश्वभरी नै कोरोना भाइरसका बिरामीहरूको लागि औषधी र खोपहरूको खोजी जारी छ । यस बाहेक, धेरै बिरामीहरूलाई प्लाज्मा थेरापीको माध्यमबाट पनि उपचार भइरहेको छ ।'

प्रतिक्रिया दिनुहोस