aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

खोपमा आंशिक सफलता मिलेको अक्सफोर्ड विश्वविद्यालयको दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० जेठ २०७७
खोपमा आंशिक सफलता मिलेको अक्सफोर्ड विश्वविद्यालयको दावी

एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले शुक्रबार कोरोना भाइरसको विरुद्धको खोपमा प्रारम्भिक सफलता मिलेको बताएको छ । अक्सफोर्ड विश्वविद्यालयका अन्वेषकहरूका अनुसार विकास गरिएको खोप अब मानव शरिरको दोस्रो चरणको परीक्षणको लागि तयार रहेको बताएका छन् । दोस्रो चरणको परीक्षणको लागि १०,००० भन्दा बढी मानिसहरूलाई उक्त परिक्षणका लागि तयारी पारिएको छ ।  

खोपमा परीक्षणको पहिलो चरण गत महिना भएको थियो । जसमा ५५वर्ष मुनिका १,००० स्वस्थ युवाहरु र स्वयम्सेवकहरूको परीक्षण गरिएको थियो । अब तिनीहरूको इम्युन सिस्टममा पर्ने असरका बारेमा परिक्षण गर्नका लागि १०२,०० भन्दा बढी व्यक्तिहरू, जसमा ७० बर्षभन्दा माथिका ५ देखि १२ बर्ष उमेरका बालबालिकाहरू समेत अध्ययनको तयारी गरिएको छ । 

हालसालै गरिएको एक अध्ययनले सीएचएडीओएक्स वन एनसीओभी १९ नामको खोपले बाँदरमा गरिएको अध्ययनमा केही आशाजनक परिणामहरू देखाएको उल्लेख गरिएको छ । विश्वविद्यालयकी भ्याक्सीनोलोजीष्ट प्रो. सारा गिलवर्टका अनुसार कोभिड १९ को खोप बनाउने टिमले इम्युनोजेनेसिटी र भ्याक्सिनको प्रभावकारीताका लागि ठूलो मेहनत गरिहेका छन् र 

उनले भनिन, हामी ५५ वर्षभन्दा माथिका मानिसहरुमा पहिले नै धेरै चासो राख्दछौं जो अनुसन्धानमा पहिलो चरणमा भाग लिन योग्य थिएनन, र अब हामी खोप जारी राख्न वृद्ध उमेर समूहलाई पनि सामेल गर्न सक्षम हुनेछौं। । 

सीएचडीओएक्स १ एनसीओभी १९ चिसोबाट उत्पन्न हुने भाइरसको एक कमजोर संस्करण (एडेनोभायरस) हो जसका कारण चिम्पान्जीमा संक्रमण गराउँदछ । यो आनुवंशिक रूपमा यस्तो भएको हुन्छ । यसको मानव शरिरमा दोहोरिन असम्भव छ । 

स्वयंसेवकहरूको यो नयाँ टोलीसँग, अनुसन्धानकर्ताहरूले विभिन्न उमेरका व्यक्तिहरूमा खोपप्रति प्रतिरक्षासँग सम्बन्धीत प्रतिक्रियाहरूको मूल्यांकन गर्नेछन् र यो पत्ता लगाउने छन वृद्ध व्यक्ति र बच्चाहरूमा प्रतिरक्षा प्रणालीले कत्तिको राम्रो प्रतिक्रिया देखाउँदछ । त्यसपछि अध्ययनको तेस्रो चरणमा १८बर्षभन्दा माथिका व्यक्तिहरूमा अध्ययन गरिने छ । उनीहरुमा कसरी यो खोपले काम गर्दछ । 

प्रतिक्रिया दिनुहोस