aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

एउटा भाइरल भिडियो, कोरोना भाइरस प्लानडेमिक वा प्रकृतिक ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० जेठ २०७७
एउटा भाइरल भिडियो, कोरोना भाइरस प्लानडेमिक वा प्रकृतिक ?

एजेन्सी । कोरोना भाइरस सम्बन्धित एक भिडियो फेसबुक, यूट्यूब सहित धेरै सामाजिक सञ्जालहरुमा भायरल भएको छ ।  सामाजिक सञ्जालहरुमा यो भिडियोलाई बारम्बार हटाउँदैछन, तर नयाँ प्रयोगकर्ताहरूले यसलाई फेरि अपलोड गरिरहेका छन् ।  यस भिडियोमा कोरोना भाइरस सम्बन्धी सत्य देखाउने दावी गरिएको छ । 

भिडियोको नाम “प्लानमेडिम( कोभिद १९) को भित्र लुकेको एडेन्डा एजेन्डा (Plandemic: The Hidden Agenda Behind Covid-19)" रहेको छ । क्यालिफोर्नियाको एक कम्पनी एलेभेटद्वारा बनाईएको हो । यो कम्पनी मिकी विलिस नाम गरेकी महिलाद्वारा सञ्चालित छ । उनको दावी अनुसार यो भिडियो कोरोना महामारीको वृत्तचित्रको पूर्वावलोकन हो । 

पोलिटिफेक्ट अनलाइनको रिपोर्ट अनुसार सामाजिक सञ्जालबाट बारम्बार हटाइए पनि करोडौं मानिसहरूले यो भिडियोलाई हेरिसकेका छन् । भिडियो बनाउने मिक्कीले अप्रिलमा फेसबुक पोस्टमा लेखेकी थिइन, विश्वको भ्रष्ट स्वास्थ्य सेवाभित्रको अन्धकारको बारेमा सत्य देखाउन एक वृत्तचित्र बनाउँदैछु । 

वास्तवमा यो भिडियोले कोरोना भाइरसको कस्पेरेसी थ्योरीको बारेमा  प्रस्तुत गरिएको छ । अन्य कस्पेरेसी थ्योरीको तुलनामा यो भिडियोको प्रडक्सन गुणस्तरिय र राम्रो छ । यस कारणले पनि यो भिडियो छोटो समयमा सामाजिक सञ्जालहरुमा भाइरल बन्यो । 

भिडियोमा भाइरस कहाँबाट आयो र कसरी संक्रमण फैलियो भन्ने बारेमा गलत जानकारी फैलाइन्छ । २६ मिनेटको उक्त भिडियो यहि हप्तामात्र बाहिर आएको थियो । भिडियोले कोरोना भाइरस कोभिड १९ प्राकृतिक तरिकाले आएको होइन भनेको छ । यो प्रयोगशालाबाट नै बाहिर ल्याइएको दावी गरिएको छ । यो मात्र होईन, यो पनि भनिएको छ मास्क र ग्लोबस लगाउने मानिसहरु अझ विरामी हुने छन् । बास्तवमा यी सबै भनाइहरु असत्य हुन किनकि यसमा वैज्ञानिक रूपमा कुनै प्रमाण छैनन ।

युएसटुडे डटकमका अनुसार भिडियोले यो पनि दावी  गरिएको छ कोरोनाबाट हुने मृत्यु तथ्यांक पनि गलत आइरहेको छ । तथ्यांक गलत सार्वजनिक गरेर जनसंख्या नियन्त्रण गर्न सकियोस् भन्ने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस