
एजेन्सी । ब्राजिलको रियो दि जेनेरियोका सडकहरू खालि छन् र आजकल सडकहरू उजाड छन् । कोरोना भाइरस कोभिड १९ का कारण सरकारले सामाजिक दूरी कायम गर्न भनेका कारण मानिसहरु एक अर्काबाट टाढा भएका छन् । यसबेलामा त्यहाका यौनकर्मीहरू आर्थिक संकटमा पर्न थालेका समाचारहरु आउन थालको छन ।
विशेष गरी तेस्रो लिङ्गी यौनकर्मीहरु समस्यामा रहेका छन । ब्राजील पहिले नै तेस्रो लिङ्गीको विषयमा सबैभन्दा खतरनाक देशका रुपमा ब्राजिल मानिन्छ । यहाँ तेस्रो लिङ्गी सेक्स वर्कर्समा कोरोना भाइरसका कारण उनीहरु डबल मारमा परेका छन ।
सडक सुनसान भएका कारण ग्राहक छैनन र यसको असर उनीहरुको आय शुन्य भएको छ । आम्दानी अभावका कारण तेस्रो लिङ्गी यौनकर्मीहरूले यहाँ धेरै गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन् । खास गरि ब्राजिलको उत्तर पूर्वीक्षेत्रमा आफ्नो यौनव्यवसायी गर्दै आएकी ४४ बर्षिय एल्बा ताभरेज भन्छिन,’खालि सडक, बन्द पसल र गिर्दो अर्थव्यवस्था देख्न सक्नुहुन्छ । म अब वेश्यावृत्तिको ठूलो दौडमा म छैन तर पनि अझै यो यहि काम गर्दछु । यहाँ अब पनि धेरै थोरै ग्राहकहरु भएपनि छन्।'
ब्राजिलमा डर र अपहेलनाका कारण धेरै तेस्रो लिङ्गी समुदायहरु यौनव्यापार गर्न बाध्य छन । तर, उनीहरूलाई बाटोमा सजिलो छैन । एल्बा ताभरेज भन्छिन, ’यहाँ जो बलियो छ तिनीहरू मात्र बाँच्न सक्छन र म अत्यन्त कमजोर छु । गरिब र तेस्रो लिङ्गी हुनु मलाई धेरै कम्जोर बनाएको अनुभव हुन्छ । यद्यपि म गरीब नभए पनि म तेस्रो लिङ्गी त हुन्थे र भेदभाव जारी रहन्थ्यो।'
तेस्रो लिङ्गीका लागि काम गर्ने युरोपको एक संस्थाका अनुसार ब्राजिलमा यी मानिसहरुको लागी धेरै आन्दोलनहरु भएका छन । तर यो अझै पनि तेस्रो लिङ्गीको लागि विश्वमा नै ब्राजिल सबैभन्दा खतरनाक देशहरुमध्ये मानिन्छ । यहा तेस्रो लिङ्गीहरुको हत्या पनि धेरै हुने गरेको छ ।
कोविड १९ को चुनौती सामना गर्दै एल्बा भन्छिन, ’हामीले सरकारबाट थोरै सहयोग पाइरहेका छौं तर त्यो पर्याप्त छैन। यहाँ धेरै अपराध र भ्रष्टाचार छ र तिनीहरूलाई रोक्न सरकारी प्रयासहरू थोरै भएका छन् । एल्बा २० वर्षदेखि रियो दि जेनेरियोमा बसिरहेकी छिन्। एल्बा भन्छन् उनका धेरै जसो ग्राहकहरु पुरुष हुन् ।'
उनी भन्छिन, ’यो वास्तवमै गाह्रो छ किनकि त्यहाँ सडकमा लगभग कोही पनि आउदैनन । म एक यौनकर्मी हुँ र यो मेरो लागि ज्यादै भयानक स्थिति हो । म अझै पनि ग्राहकको खोजीमा बाहिर जान्छु किनकि यदि म आफ्नो काममा गएन भने, म भोकले मर्नेछु।’
२६ वर्षीया स्टेफनी गोन्क्लाभ दक्षिण ब्राजीलमा तेस्रो लिङ्गी यौनकर्मी हुन्। स्टेफनी भन्छिन्, ’रियोमा कोरोना भाइरस फैलिएपछि जीवन एकदमै कठिन भएको छ ।’स्टेफनीले भनिन, ’तेस्रो लिङ्गी भएको कारणले गर्दा पहिले हाम्रो लागि कम कठिनाइहरू थिएनन् । तर, अहिले झनै बढी भएको छ । कोरोनाको खतरा हामीलाई बढी छ त्यसैले अब म घरमा छु ।'
स्टेफनी भन्छिन, ’मैले यौनकार्य बाहेक अरू केहि गरेको छैन। धन्यबाद, यहाँ केहि मानिसहरु छन् जसले हाम्रो समस्या बुझ्छन् र मलाई खाना दिन्छन् । यद्यपि यस्ता व्यक्तिहरू यो शहरमा थोरै छन्।'
धेरै संस्था एलजीबीटी समुदायको लागी काम गरीरहेका छन् यी व्यक्तिहरुलाई खानको लागि व्यवस्था गरिरहेको छन । यी संगठनहरूले घरमा काम गर्ने तेस्रो लिङ्गीलाई अन्य कामको विकल्प पनि दिइरहेका छन् । यीमध्ये केही तेस्रो लिङ्गीहरू अब अनुहारमा मास्क लगाएर घरबाट काम गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस