aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

आजमात्रै ७५ जना कोरोना संक्रमित पुष्टि, अब संक्रमित संख्या ५९१ पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० जेठ २०७७
आजमात्रै ७५ जना कोरोना संक्रमित पुष्टि, अब संक्रमित संख्या ५९१ पुगे

काठमाडौं । थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार साँझ थपिएका सात जना सहित शनिबार मात्रै कोरोना संक्रमितको ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छन। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिउँसो ३६ जना र बिहान ३२ जनामा संक्रमण पुष्टि भएको जनाएको थियो । शनिबार साँझ जनस्वास्थ्य प्रयोगशाला भैरहवाको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएका छन।

रुपन्देहीको गैडहवामा( ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हुन । यो सहित नेपालमा अब कोरोना संक्रमित पुष्टि हुनेको संख्या ५ सय ९१ जना पुगेका छन् । 
 

प्रतिक्रिया दिनुहोस