aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

२९ जना कोरोना सङ्क्रमित  निको भएर घर फर्किए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
२९ जना कोरोना सङ्क्रमित  निको भएर घर फर्किए

धनुषा । प्रदेश नं–२ बाट दुई दिनमा २९ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालबाट स्वस्थ भएर जेठ १० गते नौ र ११ गते १८ जना घर    फर्केको सामाजिक विकास मन्त्रालयका सचिव डा।रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमा जानकारी गराए ।

यस प्रदेशअन्तर्गत वीरगञ्ज अस्पतालमा दुई महिलासहित ४४, गण्डक अस्पतालको आइसोलेशन कक्षमा ६ महिलासहित २७, प्रादेशिक अस्पताल जनकपुरमा दुई महिलासहित २४, रौतहटको गौरी नर्सिङ क्याम्पसको आइसोलेशनमा एक महिलासहित १८ जनाको उपचार भइरहेको छ । 

  सर्लाहीको अल्पमाई रामनारायण यादव नर्सिङ क्याम्पसको आइसोलेशनमा १२ ,बाराको कलैया अस्पतालमा एक महिलासहित १३, सप्तरीको गजेन्द्रनारायण अस्पतालमा चार र सिरहाको महेन्द्र   गेनाई अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।

यसैबीच, आज थपिँएका ५५ जना कोरोना सङ्क्रमितको स्वास्थ्यको अवस्था सामान्य रहेको छ । उनहरुलाई सम्बन्धित स्थलबाट पायक पर्ने कोभिड अस्पतालमा राख्ने व्यवस्था मिलाउने काम भइरहेको सचिव डा।घिमिरेले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस