aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

तपाईं बिरामी परेर अस्पताल जानुपरेको छ ? यी ६ जनालाई सम्पर्क गर्नुहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
तपाईं बिरामी परेर अस्पताल जानुपरेको छ ? यी ६ जनालाई सम्पर्क गर्नुहोस

काठमाडौं । ६ जना युवाहरुले बिरामीलाई अस्पताल पुर्याउने सेवा प्रदान गर्दै आएको ६० दिन पूरा भै जनाएका छन ।  ४ जनाबाट शुरु भएको उक्त सेवा आज ६ जनाले यो महामारीका बेलामा सामाजिक सेवामा लागि परेका छन् ।

शुभास श्रेष्ठ, दिपन्द्र खड्का, सुधिर रेग्मी ,राज श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र अशोक लामाले यो सेवा शुरु गरेका हुन । यो असहज परिस्थितिलाई मध्य नजर गर्दै ६जनाले ६ वटा निजी गाडी प्रयोग  गरेर सेवा दिइरहेका छन् ।  कसैलाई पनि आकस्मिक बिरामी भै अस्पताल जान परेमा ६ गाडी एम्बुलेन्स सो सरह निःशुल्क सेवा दिन तयार रहेको उनीहरुले बताएका छन् । 

यो महाव्यादीका बेलामा ३७०० भन्दाबढी बिरामीलाई अस्पताल पुर्याउने सेवा प्रदान गरिसकेको उनीहरुले दावी गरेका छन् ।  
सम्पर्क व्यक्ति र नम्बर 
शुभास श्रेष्ठ ९८५१०२०३३८
दिपेन्द्र खडका ९८४१७२३७१३ 
सुधिर रेग्मी ९८५१०२०८४७
राज श्रेष्ठ ९८५१०५६६२४
कृष्णगोपाल श्रेष्ठ ९८४९४७७०८६
अशोक लामा९८४१०७७८२२

प्रतिक्रिया दिनुहोस