
काठमाडौं । सिड्स धादिङले थाक्रे गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना महामारीको नियन्त्रणमा जुटिरहेका सिड्स नेपाल धादिङ र संस्थागत विकास सन्जालको साझेदारी तथा ब्रेडफर द वल्र्डको सहयोगमा थाक्रे गाउँपालिकालाई ५ थान सर्जिकल वेड ४५ थान केएन ९५ माक्स सहित आईसोलेसन वार्डका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
उक्त स्वास्थ्य सामग्रीहरू मंगलबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामग्रीहरू गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई सिड्रस नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती र अध्यक्ष माधव प्रसाद खतिवडाले गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
उक्त स्वास्थ्य सामग्रीले कोरोना विरुद्धको लडाइमा थप शक्ति तथा बल प्रदान गरेको गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख महादबेसीका लक्षमण शाहाले बताए ।
प्रतिक्रिया दिनुहोस