
काठमाडौं । कोरोना भाइरसका कारण अर्का एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका वडा नं २२का ५७ वर्षिय पुरुषको किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो । योसँगै कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या ५ जना पुगेको छ । गत जेष्ठ ११ गते लिभर सम्बन्धी समस्याका कारण अस्पतालमा भर्ना भएका थिए । सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा कोरोना संक्रमित भेटिएका हुन् । परीक्षणमा झापाका १७ जना, हेटौंडामा भएको परीक्षणमा एक जना र रौतहटका ७ जनामा कोरोना पोजेटिभ देखिएको छन ।
बागलुङका ४ जना ,रुकुम पूर्वका ३, दाङका १५ जना पोजेटिभ देखिएका हुन । त्यसैगरि,बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना र काठमाडौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ देखिएका छन् ।
कर्णाली प्रदेशमा १५ जना, वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जना, एक जना पुरुष बझाङ जिल्ला र एक महिलाको भने पहिचाहन नखुलेको मन्त्रालयले जनाएको छ । बुधबार एकै दिन १२९ सँगै कुल कोरोना संक्रमित संख्या ९०१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस