
एजेन्सी । सम्पूर्ण विश्व नै कोरोना भाइरस विरूद्ध लडिरहेको छ । यसमा विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) लाई विश्वमा फैलिएको महामारीमा सन्तुलित परिस्थिति सम्हाल्न असफल भएको आरोपको सामना गर्दै छ । बुधबार संगठन सञ्चालनका लागि एक नयाँ फाउण्डेसन बनाउने घोषणा गरेको छ । कुनै पनि महामारीको सामना गर्न यस फाउन्डेशन अन्तर्गत कोष जम्मा गरिनेछ । जसमा ठूला देशहरू मात्र होइन आम जनताबाट पनि सहयोग लिइनेछ ।
बुधवार डब्ल्यूएचओ महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयससटेड्रोसले घोषणा गर्दै भने, 'यो एक स्वतन्त्र संगठन हुनेछ । जसमा हाल रहेका विद्यमान विधिहरू बाहेकबाट कोष जुटाइनेछ ।'
अहिले प्रत्येक सदस्य देशले डब्ल्यूएचओलाई सहायता रकम दिइरहेका छन् । यसको आधारमा डब्ल्यूएचओले विश्वभरि आउने कठिनाइहरूको बारेमा कुनै पनि तरिकामा सहयोग गर्ने गरेको छ अमेरिकाले डब्ल्यूएचओलाई दिईएको सहायता रकम रोकेको थियो । अमेरिकी राष्ट्रपतिले डब्ल्यूएचओलाई कोरोना भाइरस पहिचान गर्न नसकेको आरोप लगायो र चीनलाई समर्थन गरेकोमा आलोचना समेत गरे।
यस बाहेक, अमेरिकी राष्ट्रपतिले डब्ल्यूएचओ निर्देशकलाई एक पत्र लेख्दै उनले 'डब्ल्यूएचओ केहि दिन भित्र संगठनमा ठूला परिवर्तनहरू गर्न भनेका छन । अन्यथा अमेरिकाले आफ्नो कोष सँधैका लागि बन्द गर्नेछ र संगठनबाट छुट्टिने विचार गर्न सक्छ ।'
विश्व स्वास्थ्य संगठनले हालसालै एक विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तिमा उसले वर्तमान २.३ बिलियन डलर छ । जुन विश्वव्यापी रहेको संगठनका लाथि एकदम कम हो । साथै, 'अमेरिकाले आफ्नो पक्षबाट दिन पर्ने रकम रोकिएको छ । त्यसैले हामीलाई थप कोष चाहिन्छ ।'
अमेरिकाको दवावपछि, अन्य धेरै देशहरु पनि डब्ल्यूएचआमा परिवर्तनको लागि अपील गर्दैछन् । साथ साथै चीन विरुद्ध कारबाहीको मांग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस