aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

दाङका आठ जना कोरोनामुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
दाङका आठ जना कोरोनामुक्त

तुलसीपुर । दाङका आठ जना कोरोनामुक्त भएका छन् । कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी सन्चो भएर शुक्रबार घर फर्किएका हुन् । 

कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ दिनमा कोरोना भाइरसलाई जितेर आठ जना बिरामी घर फर्किएक हुन् ।  शुक्रबार कोरोना बिशेष अस्पताल बेलझुण्डीले आठ जना बिरामी सन्चो भएपछि घर पठाइएको अस्पताल प्रशासनले जनाएको छ । 

निको भएका बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ११ गान्धीनगर कपिलवस्तुका एक जना र दाङ गढवा गाउँपालिका वडा नम्बर ४ का एक जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस