aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

भक्तपुरमा ड्रोनबाट जनचेतना फैलाउन शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ जेठ २०७७
भक्तपुरमा ड्रोनबाट जनचेतना फैलाउन शुरु

मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाले ड्रोनमार्फत कोरोना सङ्क्रमणबाट बच्नेबारे जनचेतना फैलाउन शुरु गरेको छ । नगरपालिकाले शनिबार वडा नं १ लोकन्थलीबाट ड्रोन उडाएर कोरोनासम्बन्धी जनचेतना फैलाउन शुरु गरेको हो । 

कोरोनाको सङ्क्रमण फैलिरहेका बेला यसलाई रोक्न कोरोनाबाट बच्ने उपायसहितको अडियो रेकर्ड राखेर ड्रोन उडाएर टोलटोलमा जनचेतना फैलाउन शुरु गरेको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए । 

लकडाउनका समयमा जथाभावी बजार खुलेको, जथाभावी मानिस बाहिर निस्कन थालेको पाइएपछि ड्रोनमार्फत जनचेतना फैलाउन शुरु गरिएको उनको भनाइ छ । यसबाट घरघरमा जान नपर्ने र ड्रोन देखेपछि चासो दिएर स्थानीयले हेर्ने र सुन्ने भएकाले यो माध्यम प्रभावकारी मानिएको छ । 
    
ललितपुरको कुपण्डोलस्थित पोकुरा इनोभेसन प्रालिका गोकर्णजङ्ग थापाको नेतृत्वमा इञ्जिनीयर राम खनाल, सुशील खड्का र साजन अमात्यको टोलीले निःशुल्करुपमा ड्रोन उडाएर जनचेतना फैलाएको हो ।

प्रतिक्रिया दिनुहोस