
एजेन्सी । कोरोना भाइरस कोभिड १९ का मुख्य लक्षणहरुमा ज्वरो(सुक्खा खोकी र रुघा हुन । तर, कोभिडका अन्य अतिरिक्त र लुकेका लक्षणहरुमा नाकले गन्ध थाहा नपाउनु र जिब्रोले स्वाद थाहा नपाउनुको कोरोना भाइरसको लुकेका लक्षणहरू भएको अनुसन्धानबाट खेलेका छन । अहिले विश्वभरीका कोविड १९ का यी अज्ञात लक्षणहरू जुन ठूलो चुनौतिका रुपमा देखिएको थियो ।
अमेरिकाको युसी सैन डिएगो स्वास्थ्यका अनुसन्धानकर्ताहरूले यसको बारेमा नयाँ खोज पत्ता लगाएका छन् । उनीहरुले कोविड १९ का बिरामीहरूको गन्ध थाहा नपाउनु भनेको एकदम राम्रो संकेत भएको जनाएको छन । सुघ्ने शक्तिमा कमि आउनु भनेको रोग मध्य चरण छ, जुन अत्यन्तै कमजोर अबस्थामा छ भन्ने संकट गर्छ ।
अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. क्यारोल यानले उक्त रिपोर्टमा भनेकी छिन, “नाँमोस्मिया अर्थात गन्धको शक्तिको आधारमा रोगीमा कोरोना भाइरस कुन तहसम्म छ भन्ने पत्ता लगाउन सक्छौं। हाम्रो अघिल्लो अनुसन्धानमा हामीले कोराना भाइरस संक्रमितको सुघ्ने शक्ति कम हुँदै जानु कोरोनाको प्रारम्भिक लक्षणहरूमा भएको पत्ता लगाएका थियौ ।
अबको नयाँ अनुसन्धानबाट गन्ध सुघ्ने शक्ति कम भएका विरामीहरुलाई अस्पतालमा भर्ना गर्नु आवश्यक पर्दैन । यदि त्यस्तो लक्षण एक बिरामीमा देखियो भने, त्यसपछि बुझ्नुहोस् कि त्यहाँ भाइरसबाट धेरै खतरा छैन । यस्तो लक्षण दखियो भने कोरोनाको भाइरससँग सामाना गर्न सक्छन् ।
यो अनुसन्धान यस्ता बिरामीबीच भाइरसको सम्पर्कमा आएका १६९ जना विरामीमा मार्च ३ देखि ८ अप्रिलसम्म कोरोनाको संक्रमणमा परेका विरामीमा गरिएको थियो । यसबाट के पत्ता लाग्यो भने अस्पतालमा भर्ना नभएका बिरामीहरूको तुलनामा भर्ना भएका बिरामीहरूको तुलनामा गन्धको शक्ति गुमाइसकेका थिए ।
अर्को अन्वेषक एक अनुसन्धानमा डाक्टर एडम डिकोन्डले सुघ्ने शक्ति कम भएका विरामीहरु हस्पताल भर्ना हुने संभावना १० गुणा कम रहेको पत्ता लगाएका थिए । विगतमा पनि विज्ञहरूले कोरोना भाइरसका बिरामीहरूलाई अस्पतालमा जानुभन्दा पहिला हप्ता घरमा एक्लै बस्न सल्लाह दिएका थिए ।
प्रतिक्रिया दिनुहोस