aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

२ प्रहरी सहित थप ४३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित १६१० जना पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
२ प्रहरी सहित थप ४३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित १६१० जना पुगे

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या एक हजार ६ सय १० जना पुगेका छन् । ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएर घर फर्किका छन् । आइतबार साँझ कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छन ।

जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ । यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए । 

प्रतिक्रिया दिनुहोस