
काठमाडौं । मेलम्ची नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
भारतबाट आएका इन्द्रावती-१० का एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी भारतबाट जेठ १२ गते चौतारा आएका थिए । मेलम्चीस्थित क्षेत्रीय क्वारेनइन्मा राखिएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
उनको जेठ १७ गते आरडीटी प्रविधिमार्फत परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । सो पश्चात तत्काल १८ गते स्वाब संकलन गरी परीक्षण गर्न टेकुुु प्रयोगशाला पठाइएको थियो ।
उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको अनौपचारिक जानकारी पाएको जिल्ला जनस्वास्थ्यका एक अधिकारीले बताएका छन् ।
यसअघि जेठ १ गते बाह्बिसे नगरपालिकाका एक सुत्केरी महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनी कोरोनाबाट मृत्यु हुने नेपालको पहिलो व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस