
बैतडी । बैतडीका पहिलो कोरोना संक्रमित युवक निको भइ बुधबार ‘डिस्चार्ज’ भएका छन् ।
अस्पताल गएको १३औं दिनमा उनी कोरोनामुक्त भइ डिस्चार्ज भएका हुन् ।
शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकको धनगढी प्रयोगशालामा लगातार गरिएको ‘पीसीआर’ परीक्षणमा ‘रिपोर्ट नेगेटिभ’ आएपछि डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका डा. वशन्तराज जोशीले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका उनलाई डिस्चार्ज भएलगत्तै कारागार लगिएको छ ।
प्रतिक्रिया दिनुहोस