aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

२ सय ७८ जना संक्रमित निको भएर फर्किए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
२ सय ७८ जना संक्रमित निको भएर फर्किए

काठमाडौं । नेपालमा थप दुई सय १ जनाम कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियमित पत्रकार सम्मेलन मार्फत डा. बिकास देकोटाले बताए अनुसार १७९ जना पुरुष र २२ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

संक्रमित हुनेमा १ वर्षे बालकदेखि ८० वर्षसम्मका रहेका छन् ।  हालसम्म नेपालभर २३ सय जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

कोरोनभाइरस (कोभिड–१९) हालसम्म १ लाख ५५ हजार ८६८ जना ब्याक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । हालसम्म २ सय ७८ जना निको भएर घर फिर्किसकेका छन् भने २४ घण्टामा  थप १२ जना डिस्चार्ज भएका छन् । 

डिस्चार्ज हुनेहरुमा २ सय २२ जना पुरुष र ५६ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस