aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

अक्सफोर्डले विकास गरेको भ्याक्सिनको ब्राजिलमा परिक्षण हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
अक्सफोर्डले विकास गरेको भ्याक्सिनको ब्राजिलमा परिक्षण हुने

एजेन्सी। गैर नाफामुलक औषधी अन्वेषण कम्पनीले युनिभर्सिटी अफ अक्सफोर्डमा कोरोना संक्रमण रोकथामका लागि विकसित गरिएको एक नयाँ भ्याक्सिनलाई मध्य जूनदेखि ब्राजिलमा परिक्षण प्रयोग गरिने भएको छ  ।

यो हप्ता भर्ना भएका दुई हजार स्वयंसेवकमाथि यो भ्याक्सिनको ट्रायल हुनेछ । यो अनुसन्धानमा मद्दत गरिरहेको युनिभर्सिटी अफ साओ पाउलोका अधिकारीका अनुसार अनुसन्धानमा १८ देखि ५५ वर्षबीचका स्वयंसेवक स्वास्थ्यकर्मी समावेश गरिनेछ ।

बीबीसीले प्रकाशित गरेको समाचार अनुसार कोभिड–१९ अस्पतालमा सर–सफाईको काम गर्ने स्वयंसेवक पनि ट्रायलमा भाग लिन सक्नेछन् ।

युनिभर्सिटी अफ प्रेसिडेन्ट सोराया स्माइलीका अनुसार कोरोना संक्रमितको संख्या ब्राजिलमा अत्यधिक देखिएपछि यो अध्ययनका लागि ब्राजिललाई छानिएको जानकारी दिए । यतिखेर अमेरिकापछि कोरोना संक्रमितको संख्यामा ब्राजिलमा सबैभन्दा धेरै छ ।

प्रतिक्रिया दिनुहोस