aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दोः खड्का निर्णायक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दोः खड्का निर्णायक

काठमाडाैं । कोरोना भाइरस ‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगिताको निर्णायकमण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित हुनुभएको छ ।

प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना  चयन भएकामा एशियाली महादेशबाट मनोनित हुनेमा उहाँ एक मात्र भएको बताइएको छ । 

उनी ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक पनि हुनुहुन्छ । युएस वेस्ट कोस्ट तेक्वान्दो सङ्घ पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा प्रतियोगिता नेपाली समयअनुसार आज राति १२ बजेदेखि शुरु हुँदैछ । चारदिने प्रतियोगिता ‘जुम’ प्रविधिमार्फत  हुनेछ ।

प्रतियोगिताबाट सङ्कलित रकम कोरोना भाइरसबाट अत्ति प्रभावित विभिन्न राष्ट्रका अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरुप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्षसमेत रहनुभएका खड्काले जानकारी दिए । 

सहभागी खेलाडीले दर्ता शुल्कवापत १०० अमेरिकी डलर बुझाउनु पर्नेछ । उनका अनुसार निर्णायकले पारिश्रमिकवापत पाउने रकम पनि अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरुप प्रदान गरिनेछ । निर्णायकले प्रतिदिन १०० अमेरिकी डलरका दरले पारिश्रमिक पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस