aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

स्वास्थ्यका उच्च तहका कर्मचारीको जिम्मेवारी हेरफेर, कर्मचारी भन्छन जागीर नै छोडौ जस्तो लाग्न थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
स्वास्थ्यका उच्च तहका कर्मचारीको जिम्मेवारी हेरफेर, कर्मचारी भन्छन जागीर नै छोडौ जस्तो लाग्न थाल्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड १९ संक्रमण फैलिरहेका कै बेलामा कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने काम भएको छ । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको स्थानमा प्रधानमन्त्री कार्यालयका सचिव लक्षमण अर्याललाई ल्याइएको केहि दिन नवित्दै मन्त्रालयका १२ औँ र ११ औ तह (सहसचिव स्तर)का ६  कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ ।  मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोभिड –१९ का सन्दर्भमा गर्नुपर्ने कतिपय कामलाई ध्यानमा राखी उनीहरुको जिम्मेवार हेरफेर गरिएको बताए । 

उनका अनुसार स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालयमा पठाइएको छ । श्रेष्ठले मन्त्रालयमा रहेर कोभिड  क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को जिम्मेवारी वहन गर्नुभएको छ ।  यस्तै स्वास्थ्य विभागका महानिर्देशकमा डा दीपेन्द्ररमण सिंहलाई पठाइएको छ । 

यसैगरी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा रमेश खरेललाई विभागको व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ । व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेललाई मन्त्रालयमा तानिएको छ ।  यसैगरी परोपकार प्रसूति गृहका निर्देशक डा जागेश्वर गौतमलाई पनि मन्त्रालय तानिएको छ । प्रसूतिगृहमा कोशी अञ्चल अस्पतालका निर्देशक संगीता मिश्रलाई पठाइएको छ । 

 यो महामारीको संवेदनशील बेलामा स्वास्थ्य मन्त्रालय झन संवेदनशील हुन पर्नेमा कर्मचारी फेरवदलमा लागेको छ । क्राइसेस म्यानेजमेन्टमा लय समात्न लागेका बेलामा जिम्मेवारी फेर वदल गरिहदा कर्मचारीको मनोबलका साथै भविष्य पनि अन्यौलमा परेको अनुभव गर्न थालेको स्वास्थ्य मन्त्रालयकै एक उच्च अधिकारीले आर्थिक न्युटडटकमलाई बताए ।

अहिले कर्मचारीको चाडो चाडो परिवर्तन गरिहेको र कर्मचारीको अनुभव भएको क्षेत्रभन्दा बाहिरबाट कर्मचारी ल्याएर मन्त्रालयमा थुपारेको देख्दा जारी नै छोडौ जस्तो लाग्छ एक कर्मचारीले भने । 

प्रतिक्रिया दिनुहोस