aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बर्दियाका प्रजिअका सवारी चालकलाई कोरोना सङ्क्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
बर्दियाका प्रजिअका सवारी चालकलाई कोरोना सङ्क्रमण

बर्दिया । बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ ।  भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो । 

उनी दुई दिनअघि सरुवा हुनुभएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंं पुर्याएर  नयाँ प्रजिअ लीलाधर अधिकारीलाई  काठमाडौंबाट ल्याएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको छ ।

यहाँ थप १९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको छ । अन्यको आज स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । जिप्रकाका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखी कार्यालयको आन्तरिक काम सञ्चालन गरिने तर कार्यालय बन्द नगरिने  प्रशासकीय अधिकृत अधिकारीले बताए ।रासस

प्रतिक्रिया दिनुहोस