aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

टोखामा कोरोना सङ्क्रमण भेटिएको घर सिल

  • रासस
    रासस
  • आइतबार, २५ जेठ २०७७
टोखामा कोरोना सङ्क्रमण भेटिएको घर सिल

काठमाडौं । टोखा नगरपालिकाले कोरोना सङ्क्रमित देखिएको घर सिल गरेको छ । टोखाले वडा नं ९ बुद्धमार्गमा शनिबार ३१ वर्षीय महिलामा कोभिड–१९ सङ्क्रमण देखिएसँगै उक्त महिला बस्ने घरलाई सिल गरेको हो । 

टोखा–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले कोरोना सङ्क्रमित देखिएको घरलाई सिल गरेर कन्ट्र्याक ट्रेसिङको कामलाई अगाडि बढाइएको बताए । “उक्त घरलाई प्रहरीले निगरानी बढाएको छ, नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले स्वास्थ्य जाँच र कन्ट्र्याक टे«सिङको काम गरिरहेको छ”, वडाअध्यक्ष नेपालले भने। 

काठमाडौँ उपत्यकामा शनिबार भेटिएका पाँच कोरोना सङ्क्रमितमध्ये एक महिला टोखाको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी एक सुत्केरी महिला पनि उक्त क्षेत्रमा बस्दै आएकी थिइन् । उनको जेठ १ गते सिन्धुपाल्चोकबाट धुलिखेल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस