aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

कोरोनाबाट थप १ काे मृत्यु, संक्रमित ३ हजार ७ सय ६२ पुग्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ जेठ २०७७
कोरोनाबाट थप १ काे मृत्यु, संक्रमित ३ हजार ७ सय ६२ पुग्याे

काठमाडौं । नेपालमा गत २४ घण्टामा ३ सय १४ जना नयाँ संक्रमित थपिएका छन् । साथै  थप ५८ वर्पीय १ पुरूषकाे मृत्यु भएकाे छ ।

जसमा २ सय ९४ जना पुरुष २० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियमित पत्रकार सम्मेलनमा जागेश्वर गौतमले बताए । हालसम्म ३ हजार ७ सय ६२ जना संक्रमण पुष्टि भइसकेकाे छ ।

हालसम्म पीसीआर परीक्षण गरेको संख्या १ लाख ९ हजार ९७१ जना रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा जम्मा ४ हजार ६ सय ६४ जनाको पीसीआर परिक्षण भएको जनाएको छ ।

गत २४ घण्टामा २१ जना संक्रममितहरु डिस्चार्ज भएका छन् । जस्मा १ जना महिला हुन् । हालसम्म ४८८ जना निको भएर घर फर्केका छन् ।

यसैगरी, रौतहटमा सोमबार थप १० जना कोरोना संक्रमित भेटिएका छन् ।

सोमबार रौतहटको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जना संक्रमित थपिएका हुन् ।

क्वारेन्टिनमा रहेका उनीहरुको स्वाब परीक्षणको नतिजा सोमबार प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । रौतहटको राजपुर र इशनाथमा सबै भन्दा बढी संक्रमित भेटिएका छन् । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ ।

संक्रमण पुष्टि भएका सबै भारत बाट फर्किएर हाल क्वारेन्टिनमा बसेका नेपालीहरु रहेका छन् । रौतहटको क्वारेन्टिनमा वैदेशिक रोजगारी लगायतको काम बाट फर्कनेहरुको चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ ।

रौतहटका पालिकाहरुले निर्माण गरेको ६० भन्दा बढी क्वारेन्टिनमा ७ हजार ७ सय ७७ जना रहेका छन् । यसै गरी रौतहटको गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसनमा रहेका १८ जना निको भएर घर फर्किसकेका छन् । रौतहटमा संकलन गरिएकामध्ये ४ हजार भन्दा बढीको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस