
एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको स्वास्थ्य बिग्रिएको छ। मुख्यमन्त्री केजरीवाललाई आइतबार (हिजो)देखि हल्का ज्वरो र गला दुख्ने लक्षण देखिएको थियो। भारतीय संचारमाध्यमका अनुसार उनको भोली कोरोना टेस्ट हुनेछ।
हिजो दिउँसोदेखि उनले सबै बैठक र भेटघाट रद्द गरेका छन् । मुख्यमन्त्री केजरीवालले त्यसयता कसैलाई पनि भेटेका छैनन् । उनले आफूलाई अलग (आइसोलेशनमा) राखेका छन्।
आम आदमी पार्टी (आप) नेता तथा राज्यसभा सदस्य संजय सिंहले अरविन्द केजरीवाललाई ज्वरो आएको छ र उनमा समस्या देखिएको बताएको आजतकले लेखेको छ । हिजोदेखि उनी आफ्नो निवासमा एक्लै बसेका छन् । उनि मधुमेहका रोगी पनि भएकाले चिन्ता बढेको छ।
हिजो मात्र दिल्लीको केजरीवाल सरकारले दिल्लीवासीहरू लाई मात्र त्यहाँका सरकारी वा निजी अस्पतालमा उपचार निर्णय गरेको थियो । दिल्ली बाहिरका मानिसहरूलाई दिल्लीस्थित केन्द्रीय अस्पतालहरूमा मात्र उपचार गरिनेछ। अरविन्द केजरीवाल आफैले यो घोषणा गरेका हुन् । डाक्टर महेश वर्माको कमिटीले दिल्ली सरकारलाई यो सुझाव दिएको थियो ।
भारतमा बिरामीहरुको कुल संख्या २ लाख ५६ हजार भन्दा बढी छ । जसमध्ये ७ हजार १३५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस