aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोना महामारीमा एनसीएचएलको २ करोडभन्दा बढी सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ जेठ २०७७
कोरोना महामारीमा एनसीएचएलको २ करोडभन्दा बढी सहयोग

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई सहयोगहेत जम्मा २ करोड ९१ लाख २० हजार रुपैयाँभन्दा बढि सहयोग गरेको छ । एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्कमिनाहा गरेर, आफ्नो प्ल्याटफर्म मार्फत क्राउडफन्डिङ्ग गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पुर्याएको छ ।

कोभिड—१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई प्रस्रयदिने उद्देश्यका साथ एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS, NPI र connectRTGS सेवाहरु प्रवाह गर्दै आएको मालकडाउन शुरु भएदेखि नै यी सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्कहरु मिनाहा गर्दै आईरहेको छ । यसरी कारोबार शुल्क मिनाहाबाट एनसीएचएलले  २ करोड ३४ लाख ९ हजार २ सय ४३ रुपैँयाभन्दा बढिको प्रत्यक्ष योगदान गरेको छ ।

connectIPS प्रणालीमा”DonateFor Cause का रुपमा समावेश गरी सोबाटहालसम्म“नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण र उपचार कोष”कालागि ४० लाख १९ हजार ४ सय ४८ रुपैँया संकलन गर्न सहयोग गरेको छ । यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कारोना उपचार कोषमा रु १७लाख सहयोग गरेको छ, जसमध्ये १० लाख केन्द्रिय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १—१ लाख सहयोग प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस