aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

५११ जना विज्ञको महामारीमा आफ्नो जीवन यसरी व्यवस्थापन गर्दै छन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
५११ जना विज्ञको महामारीमा आफ्नो जीवन यसरी व्यवस्थापन गर्दै छन

एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कोरोनाको संकट झन् झन् बढ्दै हुँदै गइरहेको छ । केही देशहरूमा केसहरू थोरै घटेका छन्, तर अझै पनि धेरै देशहरूमा केशहरु बढ्ने खतरा बाँकी नै छ । यस्तो अवस्थामा न्युयोर्क टाइम्सले महामारी ५११ विज्ञहरू बीच एउटा सर्वेक्षण गरेको छ ।  कोरोनाको असरले आउँदा दिनमा उनीहरूको जीवन कस्तो हुनेछ र उनीहरुले आफ्नो दैनिकी कसरी व्यबस्थापन गर्ने सोचिरहेका छन  भन्ने जिज्ञसा मेटाउने प्रयास गरेको छ ।  ती महामारी विज्ञहरूले कुनै दिशानिर्देश जारी भने गरेनन्, तर उनीहरूको व्यक्तिगत जीवनको बारेमा भने धेरै भनेका छन् । 

केही महामारी विज्ञहरूले चिकित्सकहरूको भ्रमण गर्न र साना समूहहरूमा सामेल हुन शुरु गरिसकेका छन । तर प्रायः महामारी विशेषज्ञहरू भन्छन् जबसम्म खोप वा उपचार गर्ने विधि आउँदैन तबसम्म उनीहरू ठूला कन्सर्टहरू, खेलकुद कार्यक्रमहरू, धार्मिक कार्यक्रमहरूमा जान नचाहने र अरुलाइै पनि नजान सल्लाह दिन्छन । उपचार वा भ्याक्सिन एक वर्ष लाग्न सक्ने उनीहरुको बुझाई छ । धेरै विज्ञहरूले भने, उनीहरूले कहिल्यै मानिसहरूलाई भेट्ने छैनन् र उनीहरूले हात मिलाउने पनि छैनन् ।

विज्ञहरुका अनुसार कोरोना संकटको समयमा, प्रत्येक व्यक्ति विभिन्न परिस्थितिमा बाँचिरहेका छन् । सबैजनासँग जोखिमको क्षमता फरक फरक, अपेक्षाहरू फरक हुन्छन् । यस समयमा यो परीक्षण, सम्पर्क ट्रेसिंग, उपचार कस्तो भइरहेको छ हेर्न पनि आवश्यक छ । 

६० प्रतिशत विज्ञहरूले  गर्मीमा महत्वपूर्ण भेटघाट नहुदा नहुँदै पनि डाक्टरलाई भेट्न जान्छन् । २९ प्रतिशतले यस्तो अवस्थामा उनीहरूले ३ देखि १२ महिना पर्खनु पर्दछ भने भने ११ प्रतिशतले उनीहरू एक बर्ष भन्दा बढी समय यो संकट रहने बताए । 

नजिकैको कुनै पनि स्थानमा एक रात छुट्टीमा जनाका लागि ५६ प्रतिशत विज्ञहरूले मन पराए । २६ प्रतिशतले ३ देखि १२ महिनापछि मात्र घुमघाम गर्न बताए । १८  प्रतिशतले भने एक बर्षपछि मात्र यस्तो योजना बनाउने बताए । 

१९ प्रतिशत विज्ञहरूले भने तिनीहरू आफ्ना कपाल काट्नका लागि एक वर्षसम्म सैलुनमा नजाने बताए । ३९ प्रतिशतले विज्ञहरुले ३ देखि १२ महिनासम्म  परिस्थिति हेरे मात्र सैलुन जाने बताए । ४१ प्रतिशतले अब गर्मीमा सैलुन जाने विचार राखेका छन् । 

त्यस्तै, एउटा सानो डिनर पार्टी आयोजना गर्ने बारेमा, ४६ प्रतिशत विज्ञहरूले ३ देखि १२ महिनापछि त्यस्तो गर्न सक्ने बताए ।  जबकि २६ प्रतिशतले गर्मीमा एउटा सानो डिनर पार्टी आयोजना गर्ने सोच बनाएका रहेछन । तर २१ प्रतिशत विज्ञहरू भने एक बर्षसम्म पनि यस्तो डिनर पार्टी आयोजना गर्ने पक्षमा थिएनन ।

उही समयमा गर्मीको समय २० प्रतिशत विज्ञहरूले हवाई यात्रामा चासो देखाए । ४४ प्रतिशत विज्ञहरूले ३ देखि १२ महिनापछि हवाई यात्रा गर्न चाहने बताए ।  जबकि ३७ प्रतिशतले एक बर्षभन्दा बढी समयपछि मात्र सोच्ने बताए । 

प्रतिक्रिया दिनुहोस