aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

इटालीको एक शहर जसले यसरी कोरोना भाइरसलाई पराजित गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
इटालीको एक शहर जसले यसरी कोरोना भाइरसलाई पराजित गर्यो

एजेन्सी । इटाली कोरोनाले तहनस बनाएको एउटा देश, जहाँ कोरोना भाइरस पहिलो र सबैभन्दा विनाशको कारण भएको थियो । अब इटालीबाट कोरोना पराजित हुँदै गरेका अबरहरु आउन थालेका छन् । कोरोनाले नराम्ररी प्रभावित इटलीको बर्गामो शहर अहिले कोरोना भाइरस प्रतिरोधात्मक क्षमता विकासको नजिक पुगेको जस्तो देखिन्छ ।

बर्गामोमा २३ अप्रिल र ३ जुन बीच ९९६५ जना व्यक्तिको रक्त परीक्षण गरिएको थियो । उक्त परिक्षणको नतिजा आश्चर्यजनक आएको छ । उक्त रिपोर्टको परिणाममा ५७ प्रतिशत मानिसहरूमा कोरोना सम्बन्धी एन्टिबडीहरू विकास भएको पाइएको छ ।

विश्वका धेरै भाइरस विज्ञहरूका अनुसार करिब ६० प्रतिशत जनसंख्याद्वारा कोरोना संक्रमित भएपछि हर्ड इम्युनिटीको विकास हुनसक्ने विश्वास गर्छन । यस कारण कोरोना भाइरसको चेन तोडिनेछ र नयाँ व्यक्तिहरूमा समेत हुँदैन ।

बर्गामोका स्वास्थ्य अधिकारीहरूका अनुसार एन्टिबडी परीक्षणका लागि स्यान्डमली नमूनाहरु लिइएका थिए । अधिकारीहरूले नमूनालाई व्यापक रूपमा अध्ययन गरे र परिणामलाई एक विश्वसनीय बनाए । 
अध्ययनमा संलग्न आधिकारिकहरु अझै पनि स्पष्ट भइसकेका छैन ।  कोरोनामा एन्टिबडी भएका व्यक्तिहरुमा भाइरस कति लामो समयसम्म बाँच्दछन् ।  

इटालीको बर्गामो शहरमा फेब्रअरीमा पहिलो कोरोना संक्रमण देखापरेको थियो । यसपछि शहरमा कडा लकडाउनको घोषणा गरिएको थियो । गत हप्तादेखि इटालीमा लकडाउनलाई त्यहाको सरकारले खुकुलो बनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस