
काठमाडौँ । स्वास्थ्य संगठन (डब्लूएचओ) ले तापक्रम बढ्दा अर्थात् मौसम गर्मी हुँदा कोरोना भाइरसको संक्रमण घट्छ भन्ने मान्यता गलत साबित भएको बताएको छ।
डब्लूएचओका आपातकालीन कार्यक्रम के प्रमुख माइक रायनले मौसम परिवर्तन वा तापक्रम बढ्दैमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नदेखिएको बताएका हुन्।
उनले भनेका छन्, ‘मौसम बदलिँदा यो भाइरस अझ खतरनाक भएर फैलिन्छ भन्नेतथ्य पनि पाइएको छैन।’
कोरोना महामारीको सुरुवातीमा केहीले मौसम गर्मी भएपछि कोरोना संक्रमण पनि कम हुन्छ भन्ने ठानेका थिए। तर कोरोना संक्रमण जुन गतिमा फैलिरहेको छ, त्यसले यो मान्यता पनि गलत साबित गरेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस