
रौतहट । थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट फर्केर रौतहटका विभिन्न नगरपालिकाको क्वारेन्टाइनमा बसेका थप ५७ जनामा कारोनो संक्रमण पुष्टि भएको हो ।
नयाँ थपिएका संक्रमित जिल्लाको परोहा नगरपालिकामा ४९ जना, राजपुरमा ४, कटहरियामा १ र गढीमाईमा ३ जना रहेका छन् ।
रौतहटमा मात्रै अहिलेसम्म ५३१ जनामा संक्रमणको पुष्टि भइसकेको छ । तीमध्ये १ सय २ जना निको भएर घर फर्केका छन् ।
प्रतिक्रिया दिनुहोस