aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फिफा वरियतामा नेपाल यथावत्

  • रासस
    रासस
  • विहीबार, २९ जेठ २०७७
फिफा वरियतामा नेपाल यथावत्

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । भारत १०८औँ स्थानमा रहेको छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ ।

त्यसैगरी नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भूटान १८९औँ स्थानमा रहदा बंगलादेश १८७ औँ, श्रीलङ्का २०६औँ तथा पाकिस्तान २००औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा भने बेल्जियम रहेको छ । 

त्यसैगरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौँै स्थानमा छ । त्यस्तै क्रोएसिया छैटौँ, पोर्चुगल सातौँ, स्पेन आठौँ, अर्जेन्टिना नवौ र कोलम्बिया दशौँ स्थानमा रहेका छन् ।  पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर फुटबलका गतिविधि ठप्प भएको कारण वरियतामा खासै परिवर्तन भएको छैन । 

प्रतिक्रिया दिनुहोस