
काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले अर्घाखाँचीका ५७ वर्षीय यमप्रसाद खनालको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।
मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका खनालको बुटवलमा उपचार गरी फर्कर्दै गर्दा बुधबार मृत्यु भएको थियो। भारतको मुम्बइबाट जेठ १४ गते आएका उनी क्वारेन्टिनमै बस्ने क्रममा बिरामी भएपछि जेठ २३ गते स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो। उनको स्वाव परीक्षणका क्रममा आज कोरोना संक्रमण पुष्टि भएको हो।
यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारिक पुष्टि गरेको छैन ।
प्रतिक्रिया दिनुहोस