
काठमाडौं । धुम्बाराहिमा रहेको हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले कोरोना भाइरसका विरामीको सफल उपचार गरेको छ। उक्त अस्पतालमा उपचाररत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कास्कीका ६० वषीय पुरुषलाई उपचारका लागि पोखराबाट हेलिकोप्टरबाट उद्धार गरी जेठ २० गते ह्याम्स अस्पतालमा ल्याइएको थियो। उनलाई भेटिलेटरमा राखेर उपचार गरी शुक्रबार डिस्चार्ज गरिएको हो ।
प्रतिक्रिया दिनुहोस