
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका संक्रमित ३१ जिल्लाका रहेका छन् । योसंगै नेपालभरका ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
हेर्नुहोस् आज थपिएका संक्रमितको सूचि
योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ भने ८ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस