aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

कोरोनाबाट ५ वर्षीय बालकको मृत्यु भएपछि निजगढ नगरपालिकाको एक बस्ती सिल गरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ जेठ २०७७
कोरोनाबाट ५ वर्षीय बालकको मृत्यु भएपछि निजगढ नगरपालिकाको एक बस्ती सिल गरियो

पर्सा । कोरोना भइरसका कारण पाँच वर्षीय बालकको मृत्यु भएपछि बाराको निजगढ नगरपालिकाको एउटा बस्ती सिल गरिएको छ । वीरगञ्जमा उपचारका क्रममा बालकको मृत्यु भएपछि निजगढ नगरपालिका छ नम्बर वडाको माथिल्लो योजना टोल सिल गरिएको हो ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा बालकको शुक्रबार साँझ मृत्यु भएको थियो । निजगढ नगरपालिकास्थित कोरोना रोकथाम तथा नियन्त्रण समितिको आकस्मिक बैठकले बस्तीमा आवतजावत रोक्ने निर्णय गरेको हो । नगरपालिकाले विज्ञप्ति प्रकाशित गरेर अर्को सूचना जारी नभएसम्म अत्यावश्यक औषधी पसल बाहेकका अन्य पसल बन्द गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस