
काठमाडौं । थप ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बाँके, रोल्पा र बर्दियाका ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
नयाँ थपिएका संक्रमित बाँकेको राप्ती सोनारी गाउँपालिकाका १५, खजुरा गाउँपालिकाका तीन र नेपालगञ्ज उपमहानगरपालिकाका एक जना रहेका छन् । त्यस्तै, बारबर्दियाका ६ र रोल्पाको सुनिलस्मृति गाउँपालिकाका १२ र बमरुक गाउँपालिकाका पाँच जना रहेका छन् । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस