aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

थप दुई जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
थप दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले थप दुई जनामा संक्रमण भएको पुष्टि गरेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार नवलपरासी पूर्व देवचुली नगरपालिकाका २३ र ३२ वर्षका दुई जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित दुबैलाई जिल्लाकै रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस