aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार थप ५२ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा संक्रमितको संख्या ९६७ पुगेको छ ।

नयाँ संक्रमित दैलेखका ३७ जना मध्ये ३५ जना नौमुले गाउँपालिकाका मात्रै रहेका छन । गाउँपालिकाको वडानम्वर नं। १, २, ३, ५, ६, ७ र ८ का ३४ जना पुरुष र एकजना महिला रहेका छन । नारायण नगरपालिकाका वडा नं। २ का दुईजना पुरुष रहेका छन् ।

त्यस्तै सुर्खेतका १५ जनामध्ये वीरेन्द्रनगरपालिका–१ का एकजना पुरुष, गुर्भाकोटा नगरपालिका वडानंम्बर १, ५, ११, १२ र १४ का ८ जना पुरुष रहेका छन् ।

लेकबेसी नगरपालिका २ का एकजना पुरुष, पञ्चपुरी नगरपालिका वडानम्बर १, २, ६ र ७ का पाँचजना पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस