
काठमाडौं । नेपालमा थप एक जनाको कोरोनाभाइरसबाट मृत्यु भएको छ । ३६ पुरुषको जेठ १२ गते प्रदेश प्रयोगशालामा गरिएको परिक्षणबाट कोरोनाभाइरस रहेको पुष्टि भएको हो । क्यानसर रोगबाट ग्रसित रहेको जनाएको छ । यो सँगै मृत्यु हुनेको संख्या १९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ७६० पुगेकोसमेत जानकारी दिएका छन् ।
पालमा आइतबार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ६ महिला र ५५ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९७४ पुगेको छ ।
आइतबार प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ पुगेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
रतुवामाई नगरपालिका– ८ सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका ५३ मध्ये २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमितमध्ये २२ जना भारतबाट आएका हुन् । तीन जना नेपालकै अन्य स्थानबाट आएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोषकुमार साहले जानकारी दिए ।
विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै मोरङमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ ।
प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकामा १ जना र सुनसरीको रामधुनी नगरपालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ सय ७१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस