
काठमाडौं । थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् ।
शर्माका अनुसार नयाँ थपिएका संक्रमित तनहुँको घिसिङ गाउापालिकाका २७, ४५, २२, २७ र ४७ वर्षिया पाँच जना पुरुष गरेका छन् । उनीहरु सबैजना क्वारेन्टाइनमा रहेका छन् ।
योसंगै गण्डकी प्रदशमा मात्रै कोरोना भाइरसको संक्रमितको संख्या २०४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस