काठमाडौं । काठमाडौं उपत्यकामा पनि ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जनाइए अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धुलिखेल अस्पतालमा भएको परीक्षणमा काठमाडौंका १ जना, शु्क्रराज अस्पतालमा भएको परीक्षणमा काठमाडौंका १ जनामा, पाटन प्रयोगशालामा ललितपुरका १, काठमाडौंका २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
संक्रमितहरु काठमाडौं र लतिलपुरका कुन ठाउँका हुन भन्ने बारेमा भने केही खुलाइएको छैन ।
थपिएसँगै हालसम्म नेपालमा कुल ६ हजार २ सय ११ जना कोरोना संक्रमित रहेका छन् । जसमा ७ सय ७१ जना महिला र ५ हजार ७ सय ४७ जना पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस