aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

पञ्जकन्या माई हाईड्रोपावरको झन्डै ४ करोड नोक्सानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ जेठ २०७६
पञ्जकन्या माई हाईड्रोपावरको झन्डै ४ करोड नोक्सानमा

पञ्जकन्या माई हाईड्रोपावर लिमिटेडको तेस्रो त्रेमासमा ३ करोड ९६ लाख रुपैयाँ नोेक्सानमा रहेको छ जुन अघिल्लो वर्षको सोहि अवधिमा खुद मुनाफा १ करोड ८८ लाख रुपैयाँ मुनाफा रहेको थियो ।

 १ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको पञ्जकन्या माई कम्पनीले जगेडाकोषमा १२ करोड ४६ लाख रुपैयाँ नेगेटिभमा राखिएको छ ।

कम्पनिको जम्मा सम्पत्ति ३ दशमलव १६ प्रतिशतले घटेर ३ अर्ब २४ करोड ४८ लाख रुपैयाँ रहेको छ । कम्पनीको संचालक आम्दानी २ दशमलव १९ प्रतिशतले घटेर २६ करोड ७३ लाख रुपैयाँ पुगेको छ, भने संचालक खर्च ६५ दशमलव ४१ प्रतिशतले घटेर ६५ लाख रुपैयाँ पुगेको छ । कुल संचालक मुनाफा २६ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ ।

जसको प्रतिशेयर आम्दानी ३ दशमलव ६० रुपैयाँ नेगेटिभमा र प्रतिशेयर नेटवर्थ ८८ दशमलव ६७ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस