aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

थप १८ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले गण्डकी प्रदेशमा कोरोनाका १८ जना नयाँ बिरामी थपिएका पुष्टि गरेका हुन् । 

शर्माका अनुसार नयाँ थपिएका संक्रमित गोरखाको गोरखा नगरपालिकामा एक महिलासहित ८ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिकाका २ जना, स्याङजा चापाकोट नगरपालिकाका ४ जना तथा कास्कीको पोखरा नगरपालिका, बाग्लुङको ताराखोला गाउँपालिका, नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक एक जना गरी १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

उनीहरु सबैजना भारतबाट फर्किएर क्वरेन्टीनमा बसेका हुन् । अहिले सङ्क्रमण पुष्टि भएका सबैजनालाई सम्बन्धित जिल्लाका आइसोलेशन कक्षमा लैजाने तयारी भएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण पुष्टि भएकाको संख्या २ सय २३ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस