aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

कोरोना भाइरसको उपचारमा प्रयोग भइरहेको हाइड्रोक्सिक्लोरोक्विनमा अमेरिकाले किन रोक लगायो ?

  • बीबीसी
    बीबीसी
  • मंगलबार, ०२ असार २०७७
कोरोना भाइरसको उपचारमा प्रयोग भइरहेको हाइड्रोक्सिक्लोरोक्विनमा अमेरिकाले किन रोक लगायो ?

एजेन्सी । अमेरिकाले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन नामको औषधीको आपतकालीन परिस्थितीमा प्रयोग गर्न रोक लगाएको छ । अमेरिकी सरकारको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले यो मलेरिया रोगका लाथि प्रयोग हुने औषधीको क्लिनिकल ट्रायलबाट यो औषधीले खतरनाक भाइरसबाट जोगाउन सहयोग नगरेको भन्दै बिरामी नभएकाहरुलाई पनि संक्रमणबाट बचाउन असफल रहेको बताएको छ ।

 मार्चमा गम्भीर बिरामीहरुका लागि यो औषधीको प्रयोगमा अनुमती दिएको थियो । यद्यपि, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो औषधीको प्रयोगलाई जायज बताएका छन् ।

एफडीएको यो औषधीको प्रयोगमा रोक लगाउने निर्णयबारे प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सोमबार पत्रकारलाई भने, ‘मैले यो औषधीको सेवन गरेँ र मलाई राम्रो लाग्यो ।’ ट्रम्पले थपे, ‘यो औषधीमाथि मेरो कुनै असन्तुष्टि छैन, मैले दुई हप्तासम्म यो औषधी खाएँ र म तपाईंको अगाडि छु ।’ ७४ वर्षका राष्ट्रपतिले भने, ‘धेरै मानिसहरुले मलाई यो औषधीले उनीहरुको ज्यान बचेको पनि बताएका छन् ।’

प्रतिक्रिया दिनुहोस